Logo
Logo

विद्युतीय सवारी बीवाइडीको ब्याट्री परीक्षण


7.7k
Shares

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनप्रति उपभोक्ताहरुको आकर्षण बढ्दो छ । उपभोक्ताहरुको रोजाईमा सस्तो मूल्यका विद्युतीय सवारी परेका छन् ।

विद्युतीय सवारी साधन भन्नासाथ सबैभन्दा पहिला यसको ब्याट्री कति टिक्छ भन्नेतिर उपभोक्ताले ध्यान दिने गरेका छन् । तर, विद्युतीय सवारीमा प्रयोग गरिएको ब्याट्री कति सुरक्षित छ भन्ने कुरामा धेरैको ध्यान गएको छैन जबकि, ब्याट्रीको सुरक्षा प्रमुख कुरा हो ।

विद्युतीय सवारी साधन दुर्घटना भयो भने ‘एयर ब्याग’ले केही मात्रामा सुरक्षा प्रदान गर्छ । तर, ब्याट्री नै पड्कियो भने पूरै सवारी साधन आगोले जलेर नष्ट हुन्छ । त्यसैले विद्युतीय सवारी साधन खरिद गर्दा त्यसमा कुन ब्याट्री प्रयोग गरेकोछ भन्ने कुरामा उपभोक्ताको ध्यान जानुपर्छ ।

यस्तै, नेपालमा बीवाइडी अटो इन्डष्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरक साईमेक्स इन्कले सुरक्षा गुणस्तर प्रवद्र्धन गर्न शुक्रबार ब्याट्रीको परीक्षण गरेको छ । शुक्रबार गोकर्ण फरेस्ट रिसोर्टमा एक कार्यक्रमबीच बीवाइडीको सवारी साधनमा प्रयोग हुने ब्याट्रीको परीक्षण गरेको हो ।

नेल पेनिट्रेसन टेष्ट ‘माउण्ट एभेरेष्ट’ नाम दिइएको उक्त परीक्षणमा बीवाइडीले प्रयोग गरेको ब्लेड ब्याट्री र अन्य विद्युतीय सवारी साधनले प्रयोग गरेको एसीएम ब्याट्री परीक्षण गरिएको थियो । ब्लेड ब्याट्रीमा सियोले घोच्दा कुनै असर देखिएन भने एनसीएम ब्याट्रीमा सियोले घोच्दा ब्याट्री पड्किएर आगो लागेको थियो ।

बीवाइडी कम्पनीले आफ्नो उपभोक्तालाई ब्याट्रीको सुरक्षाबारे आश्वस्त तुल्याउन उक्त परीक्षण काठमाडौंमा पहिलोपटक गरेको हो । जसबाट उपभोक्तामा ब्याट्रीको सरक्षाबारे जनचेतना जोगाउने बीवाइडीले विश्वास लिएको छ । उक्त परीक्षणपछि बीवाइडीको विद्युतीय सवारी साधनको विक्री बढ्ने अपेक्षा साइमेक्स इंकले गरेको छ ।

साइमेक्स इंकले जनाएअनुसार यसरी ब्याट्रीमा प्वाल पार्दा ब्लेड ब्याट्रीमा कुनै किसिमको आवाज आउने, धुँवा निस्कने वा आगोलागी हुने कुनै घटना भएन । तर, त्यहीँ एनसीएम ब्याट्रीमा परीक्षण गर्दा पड्केर ठूलो आवाज आउनका साथै आगलागी भएको थियो ।

विज्ञप्तिमा जनाइएअनुसार ‘नेल पेनीट्रेसन टेष्ट’ ब्याट्रीको तापक्रम बढाएर गरिने सबैभन्दा कठिन परिक्षण हो । ब्याट्रीलाई मेसिनले थिचेर र सियो जस्तो किलाले प्वाल पारेर यसको परिक्षण गरिएको थियो । यसरी प्वाल पर्दा बीवाइडीको ब्लेड व्याट्री ६० डिग्रीसम्म तातेको थियो भने एनसीएम ब्याट्री ५०० डिग्री तातेर आगलागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्