
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रथम महाधिवेशनको मिति तय गरेको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकले महाधिवेशन आगामी पुस २६–२८ गतेसम्म टिकापुर कैलालीमा गर्ने निर्णय गरेको हो ।
साथै, महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टीका सम्पूर्ण कार्यकारी अधिकार संरक्षक रेशमलाल चौधरीलाई दिने पनि बैठकले निर्णय गरेको छ । हाल सो पार्टीको अध्यक्ष उनका श्रीमती रञ्जिता श्रेष्ठ चौधरी छन्, जो संङघीय सरकारमा भुमी सुधार मन्त्रीको जिम्मेवारीमा छन् ।
चौधरी मन्त्री भएकाले महाधिवेशनमा काम गर्न नभ्याउने भए पछि श्रीमान चौधरीलाइ सम्पूर्ण कार्यकारी अधिकार दिइएको सो पार्टीले जनाएको छ ।














