Logo
Logo

बझाङ केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प


756
Shares

काठमाडौं । बझाङको तलकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्पको तीव्रता ५.३ म्याग्निच्युड मापन भएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा समेत महसुस भएको छ । कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही भागमा समेत धक्का महसुस भएको छ ।

त्यसैगरी काठमाडौंमा पनि आज भुकम्पको धक्का महसुस भएको छ । अपराह्न ३ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो । यद्यपी के कति रेक्टरको भूकम्प गएको हो विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्