Logo
Logo

नारीप्रधान पत्रिका ‘अस्मिता’ पुन: प्रकाशन


630
Shares

काठमाडौं । नारीप्रधान पत्रिका ‘अस्मिता’ को पुन: प्रकाशन भएको छ । नेपाली पत्रकारिताको इतिहासमा लामो समय प्रकाशन भएर स्थगित भएको अस्मिताको संस्थापक सम्पादक अञ्जु क्षेत्री र सुसन मास्के हुन् भने यसको प्रेरक साहित्यकार पारिजात हुन् । पारिजात अस्मिताको स्तम्भकार थिइन् ।

समयानुकुल अनलाइन र प्रिन्ट दुवै संस्करणमा उपलब्ध अस्मिताको प्रकाशनको जिम्मेवारी डा. महेश मास्केले लिएका छन् । अस्मिताले पुन: प्रकाशनको आफ्नो सम्पादकीय नीतिमा ‘विचारशील महिलाको विशिष्ट पत्रिका’ नारा लिएको छ । २०४५ वैशाखमा अस्मिताको पहिलो प्रकाशन भएको थियो । अस्मिताको पछिल्लो सम्पादकीय समूहको नेतृत्व कुमारी लामा, गिता त्रिपाठी र लक्ष्मी रुम्वाले वहन गरेका छन् । यस्तै निनु चापागाईं, अरुणा उप्रेती र सुधा त्रिपाठीले सल्लाहकार सल्लाहकारको भूमिका निर्वाह गरेका छन् ।

अस्मिताको पुन प्रकाशनको पहिलो अङ्कमा डा. महेश मास्के, धनकुमारी सुनार, रीता शाह, कैलाश राई, लक्ष्मी रुम्वा, अभय श्रेष्ठ, राजकुमार दिक्पाललगायतका लेखकको लेख समेटिएका छन् । ‘पितृसत्ता र भूँइमान्छेहरु’ अस्मिताको आवरण शिर्षक रहेको छ भने डा. मीना आचार्यको ब्यक्तित्वलाई प्रकाशमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्