
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको छ । हिजो (बुधबार) राति अबेर बसेको बैठकले वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
महाधिवेशनको थप तयारीबारे निर्णय लिन नेसपाले छठ लगत्तै केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको उपाध्यक्ष दुर्गा सोबले जानकारी दिइन् ।
सोबका अनुसार माओवादी केन्द्र लगायत अन्य समाजवादी पार्टीसँग एकता गर्नका लागि वार्ता कमिटीलाई चुस्त दुरुस्त बनाउने निर्णय पनि भएको छ । यसैगरी पर्टी सुदृढीकरण र संगठन निर्माणका लागि जारी ६ महिने अभियानलाई निरन्तरता दिने बैठकले निर्णय गरेको छ ।
यसअघि दुई दिनसम्म बसेको कार्यकारीणी बैठकमा दुई पक्षबीच पार्टी एकताको सम्बन्धमा मतभेद भएपछि निर्णय गर्ने जिम्मा पदाधिकारीलाई दिएको थियो ।














