Logo
Logo

प्रतिनिधिसभा बैठक बस्दै, विद्यालय शिक्षा विधेयक पेश गरिने


441
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक,२०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार विधेयकमाथि अर्को बैठकमा मात्रै छलफल गर्ने तयारी छ ।

संसदमा विजनेश नहुँदा अरु महत्वपूर्ण कार्यसूची आजको बैठकमा राखिएको छैन । शून्य र विशेष समयमा सांसदले बोल्ने क्रम आज पनि जारी रहने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्