
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सडकमा खाल्टाखुल्टी पुर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले सडकमा मान्छे नै पुरिने खाल्टाखुल्टी रहेको भन्दै त्यसलाई पुर्न सरकारसमक्ष आग्रह गरेका छन् ।
उनले भने, ‘खाल्टाखुल्टीमा सवारी साधन होइन मान्छे नै डुब्न र पुरिन लागिसके । देशका सम्पूर्ण खाल्टाखुल्टी पुर्न सरकारलाई आग्रह गर्छु ।’














