Logo
Logo

स्याङ्जाका अहेब बिन्दुविरुद्ध भ्रष्टाचार मुद्दा दायर


2.6k
Shares

काठमाडौं । गैरकानुनी सम्पत्ती आर्जन गरेको आरोपमा स्याङ्जाका एकजना सिनियर अहेवमाथि मुद्दा दायर भएको छ । चापाकोट नगरकार्यपालिकाको कार्यालय, चापाकोट स्याङ्जाका सिनियर अहेव बिन्दु कोइरालाविरुद्ध ९० लाख रुपैयाँभन्दा बढी गैरकानुनीरुपमा सम्पत्ती आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले श्ुगैरकानुनी रुपमा सम्पत्ती आर्जन गरेको पुष्टि हुन आएकाले कोइरालाविरुद्ध शुक्रकार विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता भोला रिजालले जानकारी दिए ।

कोइरालाले सार्वजनिक सेवामा रहँदा करिब २० वर्षको अवधिमा आर्जन गरेको सम्पत्तीमध्ये ९० लाख ३९ हजार ६२० रुपैयाँको स्रोत नखुलेको अख्तियारको ठहर छ । उनी २०५४ साल कातिक ५ गते सरकारी सेवामा प्रवेश गरेका थिए ।

अख्तियारका अनुसार सार्वजनिक नियुक्ति पाएको मिति २०५४/०७/०५ गतेदेखि २०७८/०८/२१ गतेसम्मको जाँच अवधिमा २ करोड ९७ लाख ८१ हजार ८०२ रुपैयाँ आर्जन गरेको र सोही अवधिमा ३ करोड ८८ लाख २१ हजार ४२२ रुपैयाँ खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको हो ।

कोइरालालाई सोही रकम बराबर विगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद सजाय हुन र स्रोत नखुलेको सम्पत्तीबाट जफत-असुल गर्न माग दावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्