Logo
Logo

सिंहदरबारमा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता


1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रभानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच आज (शनिबार) भएको भेटमा सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको बताइएको छ ।

भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले समाजवादी मोर्चा नेपालको धनगढीमा गर्ने आम सभासहित सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए। उनले अर्थतन्त्र चलायमान बनाउने र देशका समस्या समाधान गर्ने बारेमा छलफल भएको बताए।

भेटमा प्रधामन्त्रीसँग सरकारका विभिन्न निकायका नियुक्तिका बारेमा पनि छलफल भएको अध्यक्ष नेपालले बताए। यस्तै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीचको सम्बन्धलाई कसरी घनिभुत र बलियो बनाउने भन्नेबारेमा प्रदेश र जिल्लाका संयन्त्र बनाएर कतिपय ठाउँमा देखिएका समस्या र गुनासोलाई सम्बोधन गर्नेबारेमा पनि छलफल भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्