Logo
Logo

एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन आजबाट, अध्यक्षमा तीन जनाको दाबी


3.3k
Shares

काठमाडौं । नेकपा एमालेको सुदूर पश्चिम प्रदेश प्रथम अधिवेशन आजबाट सुरु हुँदै छ । अधिवेशनको धनगढी स्थित सौराइ ब्यांक्वेटमा ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् ।

आज उद्घाटन सत्र सकिए लगत्तै भावी नेतृत्व चयनका लागि बन्द सत्र सुरु हुने छ । अहिलेसम्म प्रदेशको अध्यक्षमा नेताहरू कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले दाबी गरेका छन् ।

उनीहरूबीच अहिलेसम्म सहमति भने जुट्न सकेको छैन । अध्यक्ष बाहेकका अन्य सबै पदाधिकारी पदमा पनि आकाङ्क्षीहरू धेरै छन् । अधिवेशनले पदाधिकारीसहित १ सय ५५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्