Logo
Logo

जनताको समस्या सम्बोधन गर्न जागरण अभियान : माधव नेपाल


441
Shares

लुम्बिनी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको समस्या सम्बोधन गर्ने गरि जागरण अभियान सुरु गरेको बताएका छन् ।

आज (आइतबार) मेची-महाकाली समाजवादी जागरण अभियान २०८० अन्तर्गत भैरहवामा आयोजित जनसभालाई सम्बोधन गर्दै देशव्यापी रूपमा जागरण पैदा गरेको बताए । उनले  जनताको जीवन सुधार गर्ने संकल्प बोकेर अभियानमा निस्केको पनि बताए । 

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले जीवनस्तर सुधार गर्न आवश्यक रहेकाले जनताकै बीचमा जनताका मुद्दा लिएर अगाडि आएको बताए । उनले बेरोजगारी समस्या समाधान गर्ने गरि कृषिबाटै आत्मनिर्भर हुने सकिने बताए । अध्यक्ष नेपालले अझै पनि किसानहरूले समस्या झेलिरहेकाले त्यसका लागि समाधान गर्न सरकारसँग कुरा गर्ने बताए ।

जनसभामा पार्टीका महासचिव घनश्याम भुसालले गरिबी र बेरोजगारी उन्मूलन मुख्य कार्यभार रहेको बताए। उनले जनताको अधिकारलाई संविधानमा सुनिश्चित गरिएपनि मुख्य समस्याका रूपमा गरिबी रहेको बताए।

बेरोजगारी समस्या समाधान गरि सुशाशन, समृद्धिका लागि समाजवादी जागरण अभियान सुरु गरिएको बताए। महासचिव भुसालले मुलुक बर्बाद पार्न खोज्ने सबै शक्तिविरुद्व लड्ने बताए ।

प्रतिक्रिया दिनुहोस्