Logo
Logo

एनआईसी एशिया द्वारा एपीएफ क्लबका १३औं सागका विजेतालाई नगद सहयोग हस्तान्तरण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बंैक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सशस्त्र प्रहरीको १९औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल एपीएफ क्लबका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता–२०७६ मा सहभागी भई विभिन्न विधाका पदक विजेता खेलाडीलाई नगद पुरस्कार स्वरुप रु. ९,९५,००० बराबरको रकम बैंकले प्रदान गरेको छ ।

उक्त सहयोगस्वरुपको चेक एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले एपीएफक्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुलसीराम दाहाललाई हस्तान्तरण गर्नु भएको छ । उक्त कार्यक्रम सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द« खनालको प्रमुख अतिथ्यता रहेको थियो ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४३० एटिएम, १०४ वटा एक्सटेन्सन काउण्टर एवं ४७ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठुलो सञ्जाल भएको बैंक हुन सफल भएको छ । २१ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि मुलनारा सहित सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रु ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुभmाइसकेको छ भने वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानलगायतका दुर्गम जिल्ला तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्