Logo
Logo

प्रतिनिधिसभामा आज विद्युत विधेयकमाथि उठेका प्रश्नको मन्त्रीले जवाफ दिने


567
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो ३ः ३० बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बोलाइएको छ ।

आजको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् । 

साथै, सभामुख देवराज घिमिरेले विद्युत विधेयक २०८० माथि विचार गरियोस भन्ने प्रस्तावलाइ निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

त्यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्येहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस्