Logo
Logo

दसैं तिहारमा देशभर ५० हजार बढी प्रहरी खटिने, उपत्यकामा मात्रै १२ हजार


1.3k
Shares

काठमाडौं । नेपाल प्रहरीले दशैं तिहारमा ५० हजार ५ सय ३० प्रहरी परिचालन गर्ने भएको छ ।

दसैं र तिहारलाई लक्षित गरेर प्रहरीले तयार गरेको एकीकृत सुरक्षा योजनाअन्तर्गत उपत्यकामा ती संख्यामा प्रहरी खटिने भएका भएका हुन् । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्र १२ हजार सुरक्षाकर्मी खटिनेछन् ।

नेपाल प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतका अनुसार उपत्यकामा १४, कोशी प्रदेशमा ४५, मधेस प्रदेशमा ३७, वागमतीमा ४५, गण्डकीमा २१, लुम्बिनीमा ५०, कर्णालीमा १४ र सुदूरपश्चिम प्रदेशमा ३५ वटा नागरिक सहायता कक्ष सञ्चालन हुनेछन् ।

त्यस्तै प्रहरीले ३ सय ५७ वटा सिभिल चेकपोस्ट, ५० क्षेत्रमा सीमा सुरक्षा चेकपोस्ट, ग्रामीण क्षेत्रमा १५ सुरक्षा चेकपोस्ट खडा गर्ने भएको छ । अति संवेदनशील, संवेदनशील र सामान्य क्षेत्र वर्गीकरण गरी प्रहरी परिचालन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

विशेषगरी सुख्खा पहिरो खस्ने पृथ्वी राजमार्ग खण्डको मुग्लिङ–नारायणगढ खण्डमा २४ सै घण्टा सुरक्षाकर्मीसहित सडक विभागसँग समन्वय गरी आवश्यकताअनुसार स्काभेटर, डोजरलगायतका उपकरण तयारी अवस्थामा राखिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्