
काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला भएसँगै नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको छ ।
यातायात व्यावसायीले नजिकिदै गरेको दशैं, तिहारलाई लक्षित गर्दै आज (सोमबार) देखि अग्रिम टिकट बुकिङ खुल्ला गरेको हो । दसैँका लागि घर जानेहरु टिकट लिन बिहानैदेखी बसपार्कमा भीड लागेका छन् ।
आजदेखि खुलेको बसको अग्रिम टिकट पुरानै भाडामा पाउने यातायात व्यवसायीले जनाएको छ । यात्रुहरुको सहजता र सुरक्षालाई ध्यानमा राख्दै दशै सुरु हुनु एक सता अघि टिकट बुकिङको सुविधा उपलब्ध गरेको हो ।














