Logo
Logo

इजरायलबाट फर्कन चाहने नेपालीलाई ल्याउन गृहले अगाडि बढायो प्रक्रिया


504
Shares

काठमाडौं । गृह मन्त्रालयले इजरायलबाट फर्कन चाहने नेपालीहरुलाई ल्याउन प्रक्रिया अगाडि बढाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायल भएको घटनामा परी मृत्यु भएकाको शव ल्याउने, निधन भएका नेपालीहरुको परिवारलाई राहत उपलब्ध गराउने, बेपत्ता भएका नेपालीको खोजीलाई तीव्रता दिने, फर्कन चाहनेलाई ल्याउन निर्णय गरेको थियो । सोही निर्णयहरुलाई मन्त्रालयले कार्यान्वयन प्रक्रिया अगाडि बढाएको हो ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा इजरायल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउने, निधन भएका नेपालीहरुको परिवारलाई राहत उपलब्ध गराउने, बेपत्ता भएका नेपालीको खोजीलाई तीव्रता दिने, फर्कन चाहने नेपालीहरुलाई यथाशीघ्र नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरी नेपाल ल्याउन प्रबन्ध गर्ने लगायतका मन्त्रिपरिषद्का निर्णयहरु सम्बन्धित मन्त्रालयहरुबाट कार्यान्वयन हुने प्रक्रिया अगाडि बढिसकेको छ ।’

प्रतिक्रिया दिनुहोस्