Logo
Logo
इजरायल तनाव

नेपालीको उद्धारका लागि नेपाल र हिमालय एयरलाइन्सको जहाज पठाइने


2.9k
Shares

काठमाडौं । सरकारले युद्धग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइनसको जहाज पठाउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वदेश फर्किन चाहने नेपाली नागरिकलाई लिन नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गरेर पठाउने निर्णय गरेको हो । स्वदेश फर्किन चाहनेहरूका लागि इजरायलस्थित नेपाली राजदूतावासले अनलाइन दर्ता सुरु गरेको छ ।

जसमा सोमबार साँझसम्म कम्तीमा दुई सयको निवेदन परेको दूतावासले जनाएको हो । इजरायलमा श्रम, अध्ययनलगायत विभिन्न प्रयोजनका लागि पुगेका करिब पाँच हजार नेपाली छन् ।

शनिबार बिहान हमासले गरेको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएपछि त्रसित अन्य विद्यार्थीलगायत नेपालीले स्वदेश फर्किने इच्छा जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्