
काठमाडौं । सरकारले दसैंका लागि सोमबारदेखि लामो दूरीका सार्वजनिक सवारी साधनको टिकट अग्रिम बुकिङ खुलाइसकेको छ । पेट्रोलियम पदार्थको मूल्य बढिरहेसँगै हरेक वर्ष सार्वजनिक सवारीको भाडा बढ्ने गरेको छ । तर, यसपटक भने सरकारले भाडादर बढाएन ।
यातायात व्यवस्था विभागले गत साउन १ गतेबाट लागु हुने गरी छोटो, मध्यम र लामो दूरीका अन्तर प्रदेश रूटहरूमा सार्वजनिक यातायातको भाडादर तोकेको छ । सोही भाडादरअनुसार नै यात्रुले दसैंका लागि टिकट लिन सक्नेछन् ।
विभागले पछिल्लो पटक सार्वजनिक गरेको भाडादरअनुसार साधारण, डिलक्स र सुपर डिलक्सका लागि फरक भाडादर रहेको छ । जसअनुसार काठमाडौं–धनगढीको भाडा एक हजार ९४६ देखि दुई हजार ८०३ रुपैयाँ तोकिएको छ ।
त्यस्तै काठमाडौं-इलामको भाडा एक हजार ९८६ देखि दुई हजार ८६०, काठमाडौं-जनकपुर एक हजार ८४ देखि एक हजार ५६० रुपैयाँ रहेको छ ।
काठमाडौं–दाङ एक हजार २४६ देखि एक हजार ७९४ रूपैयाँ, काठमाडौं–नेपालगञ्ज एक हजार ५१० देखि दुई हजार १७४ रूपैयाँ, काठमाडौं-पोखरा ६ सय ३१ देखि ९ सय ९ रूपैयाँ, काठमाडौं-भैरहवाको ८२६ देखि एक हजार १९० रूपैयाँ रहेको छ ।
काठमाडौं-विराटनगर एक हजार ५३६ देखि दुई हजार २१२ रूपैयाँ, काठमाडौं-भद्रपुर एक हजार ७२५ देखि दुई हजार ४८५, काठमाडौं-महेन्द्रनगर एक हजार ९६२ देखि दुई हजार ८२५ रूपैयाँ रहेको छ । काठमाडौं-सुर्खेत एक हजार ७८३ देखि दुई हजार ५६८ रहेको छ ।
काठमाडौंदेखि गुल्मीको तम्घाससम्मको भाडा एक हजार २३८ देखि एक हजार ७८२ रुपैयाँ तोकिएको छ । काठमाडौं-खुर्कोट हुँदै भद्रपुरका लागि एक हजार ५६६ देखि दुई हजार २५५ रूपैयाँ तोकिएको छ ।














