Logo
Logo

बागमती किनारमा एक युवकको शव भेटियो


5.6k
Shares

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित बागमती नदी किनारमा एक युवकको शव भेटिएको छ । प्रहरीका अनुसार बुद्धनगर बस्ने २० वर्षीय विमल महरा नदी किनारको झाडीमा मृत अवस्थामा भेटिएका हुन् ।

घटनास्थलमा सिरिन्ज र रगत भेटिएकाले उनी लागु औषध प्रयोगकर्ता हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्