Logo
Logo

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिने


- दृष्टि न्युज/संवाददाता



काठमाडौँ, ४ माघ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । दिउँसो १२ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीलाई शुक्रबार सांसदले ठाडै प्रश्न गर्न सक्ने संसद् सचिवालयले जनाएको छ । बैठकको सुरुमै हुने प्रश्नोत्तर कार्यक्रम एक घण्टा चल्ने संसद सचिवालयले जनाएको छ।

प्रश्न सोध्न चाहने सांसदले एक घण्टा अघि नै आफ्नो प्रश्नबारे सभामुखलाई जानकारी गराउनुपर्ने नियमावलीमा व्यवस्था छ। नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो र तेस्रो हप्तामा बस्ने पहिलो बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुनेछ। एउटा बैठकमा बढीमा १० सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउने व्यवस्था नियमावलीमा गरिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न सभामुखको ध्यानाकर्षण गरेको थियो।

प्रधानमन्त्रीले आफ्नो आसन्न स्विजरल्याण्डको भ्रमणका विषयमा संसदलाई जानकारी गराउने बुझिएको छ । प्रधानमन्त्री ओलीले यही माघ ८ देखि ११ गतेसम्म डाभोसमा हुने विश्व आर्थिक सम्मेलनमा भाग १९ सदस्यि प्रतिनिधि मण्डल सहित माघ ६ गते जाने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्