Logo
Logo

इजरायलमा उपचाररत दुई नेपाली डिस्चार्ज


1.3k
Shares

काठमाडौं । इजरायलमा उपचाररत दुई नेपाली डिस्चार्ज भएका छन् ।

परराष्ट्र मन्त्रालयमा प्रवक्ता सेवा लम्सालले गरेको पत्रकार सम्मेलनमा उनले अहिले भर्खर दुई नेपाली डिस्चार्ज भएको जानकारी दिए । इजरायलमा रहेका नेपालीमध्ये २८८ जना स्वेश फर्किन इच्छुक रहेका छन् ।

प्रवक्ता लम्सालले जानकारी दिँदै भने, ‘२८८ जना नेपाली इजरायलबाट फर्किन इच्छुक हुनुहुन्छ । २५० जना बोक्ने जहाज आज जाँदैछ ।’

यसैबीच सरकारले इजरायलमा सम्पर्कविहीन भएका विपीन जोशीको खोजी कार्यमा इजरायल सरकारले प्राथमिकताका साथ गरिरहेको जानकारी गराएको छ ।

त्यसैगरी घटनामा मृत्यु भएका १० जना विद्यार्थीको शव नेपाल छिटो ल्याउन पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्