Logo
Logo

उपराष्ट्रपति यादवलाई डेंगी संक्रमण, अस्पताल भर्ना


504
Shares

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव अस्पताल भर्ना भएका छन् । डेंगी संक्रमण भएपछि उपराष्ट्रपति यादव सिभिल अस्पताल भर्ना भएका हुन् ।

उपराष्ट्रपति यादवको सिभिल अस्पतालमा उपचार भइरहेकोउनको सचिवालयले जनाएको छ । यसैबीच राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना गरेका छन्।

राष्ट्रपतिको सचिवालयका अनुसार राष्ट्रपति पौडेलले टेलिफोन गरी उपराष्ट्रपति यादवलाई स्वास्थ्यलाभको कामना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्