Logo
Logo

चाडपर्वका बेला आन्तरिक जहाजले भाडाबृद्धि गर्न पाउँदैन : पर्यटनमन्त्री


378
Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चाडपर्वका बेला आन्तरिक जहाजहरुले भाडाबृद्धि गर्न नपाउने बताएका छन् । बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले भाडाबृद्धि भएको भन्ने बिषयमा शुक्रबार सेवाप्रदायक संस्थाहरुसँग कुरा गर्ने भन्दै चाडपर्वका बेला आन्तरिक जहाजहरुले भाडाबृद्धि गर्न नपाउने बताएका हुन् ।

नियम कानूनभन्दा बाहिर गएर कसैले भाडा बढाउन नपाउने उनले बताए । त्यस्तै मन्त्री किरातीले दशैँभन्दा अगाडी नै थप जहाज ल्याउने कोशिस गरेपनि ल्याउन नसकिएकाले अहिलेलाई भएका जहाजबाट नै कामचलाउनुपर्ने अवस्था रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्