Logo
Logo

झापामा महेश बस्नेतको गाडी तोडफोड


16.8k
Shares

झापा ।  झापाको अर्जुनधारामा एमाले नेता–कार्यकर्ताको गाडी तोडफोड भएको छ । एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रममा उपस्थित भएकाहरूको गाडी फोडाफोड भएको हो ।

पहिचानवादी र दुर्गा प्रसाईँका समर्थक तथा कार्यकर्ताले गाडी तोडफोड गरेको बताइएको छ । अर्जुनधारामा राष्ट्रिय युवा सङ्घ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशन थियो ।  सोही कार्यक्रममा सहभागी हुन गएका नेता कार्यकर्ताको गाडी तोडफोड भएको हो । 

तोडफोडबाट सात वटा गाडीका सिसा फुटेको छ । तोडफोडमा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्