Logo
Logo

लाओसविरुद्ध अन्जन विष्टको कीर्तिमानी गोल


5.7k
Shares

काठमाडौं । नेपाली स्ट्राइकर अन्जन विष्टले लाओसविरुद्ध कीर्तिमानी गोल गरेका छन् ।

बिहीबार दशरथ रंगशालामा विश्वकप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा विष्टले नेपाली पुरुष टिमका लागि सबभन्दा बढी गोलको कीर्तिमानीसँग बराबरी गरेका हुन् ।

विष्टले खेलको ४८‍औं मिनेटमा गोल गर्दै बराबरी गरेका हुन् । यसअघि खेलको पहिलो हाफमा ३३औं मिनेटमा लाओसका कप्तान बौनफाचन बौनकोङले गोल गर्दै अग्रता दिलाएका थिए ।

सिनियर टिमसँग नौ वर्षको यात्रामा अन्जनको १३ गोल भएको छ । उनले अन्तिम गोल साफ २०२३ को पहिलो खेल (कुवेतविरुद्ध ३–१ को हार)मा गरेका थिए, जसले उनलाई हरि खड्का र नीराजन रायमाझीको १३ गोलको कीर्तिमाननजिक पुर्‍याएको थियो ।

यसअघि म्यानमारविरुद्धको खेलमा उनलाई रायमाझी र खड्कासँग कीर्तिमानी बराबर गर्ने अवसर थियो तर उनले त्यसबेला गोल गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्