Logo
Logo

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची


441
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ः३० बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बस्नेछ ।

बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापाले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक बर्ष २०७९/८९को बार्षिक प्रतिवेदन’ सभा समक्ष प्रस्तुत गर्ने छिन् । 

त्यस्तै रमेशजंग रायमाझीले राष्ट्रियसभा नियमावली, २०७५ संसोधन मस्यौदा समितित गठन सबन्धी प्रस्ताव प्रस्तुत गर्ने तथा प्रकाश पन्थले अपाङ्गता भएका ब्यक्तिको अधिकार कार्यान्वयन सबन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्री अशोककुमार राइले ‘शहिद दशरथ चन्द स्वास्थ्य बिज्ञान विश्वविद्यालय विधेयक २०८०’ प्रस्तुत गर्नेछन् । साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘बिधानय सबन्धी बिधेयक २०८० लाइ दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गरिने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्