Logo
Logo

मुख्यमन्त्रीको दाबी फिर्ता लिन केदार कार्कीलाई आग्रह


29.6k
Shares

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशले केदार कार्कीलाई मुख्यमन्त्रीको दाबी फिर्ता लिन आग्रह गरेको छ ।

आज बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीमा समर्थन गरेका कार्की र कार्कीलाई समर्थन गर्ने अन्य ७ सांसदलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको हो ।

बैठकले केन्द्रले थप केही निर्देशन दिएमा त्यसको निर्णय गर्ने अधिकार प्रदेश पदाधिकारीलाई दिने निर्णय पनि गरेको प्रदेश महामन्त्री उमेश थापाले बताए ।

केन्द्रले मुख्यमन्त्रीमा नेकपा माओवादीका इन्द्र आङबोलाई समर्थन गर्ने निर्णय गरेको छ । तर संस्थापन इतर शेखर कोइराला पक्षका सांसद केदार कार्कीले पार्टीका अरु ७ र नेकपा एमालेका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्