Logo
Logo

अर्थतन्त्र लयमा फर्कँदैछ : अर्थमन्त्री


441
Shares

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले नेपालको अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको बताएका छन् । सोमबार महिला आर्थिक पत्रकार संघको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले अहिले समग्रमा देशमा अनेकन समस्या रहेको भन्दै सबैले आफ्नो स्थानबाट सकारात्मक पहल गर्न समेत आग्रह गर्दै अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको बताएका हुन् ।

अर्थ मन्त्रालय र सरकार मात्रैले अर्थतन्त्रलाई लयमा ल्याउन नसक्ने भन्दै उनले यसका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताए । अर्थमन्त्री महतले भने, ‘अन्तर्राष्ट्रिय तहमै आर्थिक मन्दीको स्थितिमा छ । त्यो मध्येबाट नेपाल पनि अछुतो रहेको छैन । तर मलाई लाग्छ, बिस्तारै हामी अन्तर्राष्ट्रिय परिवेश नकारात्मक हुने अवस्था नआओस् भन्ने चाहन्छौँ । त्यो नभएको अवस्थामा बिस्तारै हाम्रो अर्थतन्त्रमा सुधार आउँछ । सकारात्मक कुरा देखिएका छन् ।’

उनले सबैले मिलेर अर्थचन्त्रको समस्यासमाधान गर्नुपर्ने भन्दै अर्थतन्त्र राम्रो बनाउन सरकारले पहल गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्