Logo
Logo

ठूलो संघर्षपछि एनआरएनएलाई नागरिकता दिलाउन सफल भयौंः प्रधानमन्त्री


630
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपालीहरुलाई नागरिकता दिलाउनु निकै ठूलो उपलब्धि भएको बताएका छन् । गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पचासौं लाख गैरआवासीय नेपालीहरुले नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको र यो निकै ठूलो उपलब्धि भएको बताएका हुन् ।

‘नेपालको संविधानमा गैरआवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक, साँस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था भए पनि कानुनी व्यवस्था गर्न निकै ठूलो संघर्ष गर्नुपर्यो,’ उनले भने, ‘पचासौं लाख गैरआवासीय नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको छ । निकै ठूलो संघर्ष र मिहिनेतपछि हामीले सफलता हासिल गरेका छौं । यो निकै ठूलो उपलब्धि हो ।’

त्यस्तै देश विकासमा गैर आवासीय नेपालीहरुको सहयोग महत्वपूर्ण हुने भन्दै उनले गैरआवासीय नेपालीहरुबाट देशले धेरै अपेक्षा गरेको बताए । गैरआवासीय नेपाली संघको राष्ट्रिय महाधिवेशनले एकताबद्ध संघ र बलियो नेतृत्व छनोट गर्ने तथा थप एकताबद्ध भएर अगाडि बढ्ने समेत उनले विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्