Logo
Logo

यस्तो रहनेछ आजको मौसम


504
Shares

काठमाडौं । हाल देशको पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । कोशी र बामगती प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ । राति भने देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना र उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्