Logo
Logo

बैतडीमा जिप र मोटरसाइकल ठोक्किँदा एक जना घाइते


1.1k
Shares

दार्चुला । बैतडीमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका-६ बाङगाबगडमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।

दार्चुलाबाट महेन्द्रनगर गइरहेको से १ ज १११० नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको सुपप्र ०१००९ प १७३७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक बैतडीको दोगडाकेदार गाउँपालिका-६ पञ्ज्युनयाँका २३ वर्षीय नरेन्द्र भण्डारी सामान्य घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको छ । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

जिपमा चालक सहित ३ जना सवार थिए । उनीहरु सकुसल छन् । जिपको अगाडीको टायर फाट्नुका साथै अगाडीको भागमा सामान्य क्षती भएको छ । मोटरसाइकलमा सामान्य क्षती छ । मोटरसाइकल पञ्ज्युनयाँबाट गोकुलेश्वर आइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्