काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकवर्गका लागि दशैंमा पनि देशभरका विभिन्न काउन्टर खुला गर्ने भएको छ ।
बैंकले आफ्ना ग्राहकका लागि जारी गरेको सूचना अनसार देशको सातै वटा प्रदेशमा रहेका आफ्ना शाखाहरु तथा उपशाखाहरुमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म काउन्टर खुला राख्ने जनाएको छ । जसबाट ग्राहकले दशैँको विदाका पनि सेवा लिइ लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

कात्तिक ४ गते फूलपाती
फूलपातीको दिन मोरङको विराटनगर, झापाको विर्तामोड, सुनसरीको धरान र इटहरी, पर्साको विरगन्ज, सिरहाको लहान तथा सप्तरीको राजविराज शाखा खुला रहने छ । त्यसैगरी, काठमाडौंको उपत्यकाको कान्तिपथ, सानौ गौचरण, कुलेश्वर, लगनखेल, मध्यवानेश्वर, त्रिपुरेश्वर, गोंगबु, चाबाहिल, सुर्यविनायक, सिनामंगल शाखा खुला रहने छन् । त्यस्तै, बनेपा शहिद चोक र न्यूरोड गेट खुला रहने छन् ।
त्यसैगरी, पोखराको न्यूरोड, लुम्विनीको भैरहवा, बुलटव मेन, नेपालगन्जको पुष्पलाल चोक र दाङको घोराही शाखा खुला रहने छन् ।
कात्तिक ५ गते महाअष्टमी
महाअष्टमीका दिन उदयपुरको गाइघाट, सुनसरीको धरान, झापाको चारआली, सुनसरीको इनरुवा, मोरङको विराटनगर ट्राफिक चोक, धनुषाको जनकपुर, सिरहाको गोलबजार, मकवानपुरको हेटौडा, चितवनको नारायणघाट, काठमाडौ उपत्यकाको न्यूरोड, पानीपोखरी, कलंकी, जावलाखेल, शंखमुल, चाबाहिल, कमलादी र बाग्लुङको बाग्लुङ बजार, तनहुँको दमौली, लुम्बिनीको भैरहवा, बुलवल राम मन्दिर लाइन, बाँकेको नेपालगन्ज, दाङको तुल्सीपुर, उल्मीको तम्घास र पाल्पाको तानसेन, सुर्खेतको सुर्खेत–बी, डडेल्धुरा, महेन्द्रनगर र क्याम्पस चोक धनगढी शाखा सञ्चालनमा रहने छन् ।
कात्तिक ६ गते महानवमी
गते महानवमीका दिन झापाको धुलाबारी र भद्रपुर रोड, मोरङको विराटनगर मेन रोड, पर्साको विरगन्ज सर्लाहीको लालबन्दी, जनकपुरको जनकपुर, सिरहाको लाहान, चितवनको भरतपुर शाखा खुला रहने छन् ।
त्यसैगरी, काठमाडौं उपत्यकाको ठमेल र कोटेश्वर शाखा सञ्चालनमा रहने छन । त्यस्तै, पोखराको सभागृह, भैरहवाको बुटवल मेन, नेपालगन्जको त्रिभुवन चोक, कैलालीको लम्की र धनगढीको धनगढी मेन रोड शाखा खुल्ला रहने छन् ।
कात्तिक ७ गते विजयादशमी
विजयादशमीको दिन भने मुख्य कार्यालय कान्तिपथ मात्र खुला रहने छ ।
कात्तिक ८ गते एकादशी
एकादशीका दिन मोरङको विराटनगर मेन रोड, पर्षाको विरगन्ज, जनकपुर, सिरहाको लहान, काठमाडौंको धापासी र कमलादी शाखा खुला रहने छन् । त्यसैगरी, भैरहवा, नेपालगन्जको पुष्पलाल चोक, कैलालीको टीकापुर, अत्तरिया, धनगढीको चौराहा शाखा खुला हुने छन् ।
कात्तिक ९ द्वादशी/त्रयोदशी
द्वादशी र त्रयोदशीका दिन मोरङको विराटनगर, उदयपुरको गाइघाट, झापाको धुलाबारी, विर्तामोड, सुनसरीको इटहरी, पर्षाको विरगन्ज, सिरहाको लहान घन्टाघर, सप्तरीको राजविराज, प्रगतिपथ, मकवानपुरको हेटौडा, काठमाडौंको तिनकुने, नक्साल, कास्कीको पोखरा, रुपन्देहीको बुटवल, बाँकेको नेपालगन्ज, दाङको घोराही, गुल्मीको तम्घास, सुर्खेतको सुर्खेत बजार र महेन्द्रनगर शाखा खुला रहने छन् ।












