Logo
Logo

देशमा धेरै राजनीतिक दल आवश्यक छैन- पोखरेल


756
Shares

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको अर्थतन्त्र सबल नभएकामा चिन्ता व्यक्त गरेका छन् ।

जिल्ला कमिटी दाङको आयोजनामा दाङको घोराहीमा शनिबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अर्थतन्त्र सबल भएमा मात्र देश पनि बलियो हुने बताए ।

दसैँ पारिवारिक मिलन र सद्भाव बढाउने पर्व भएकाले संस्कृति–परम्पराको जगेर्ना गर्नु सबै नेपालीको दायित्व भएको महासचिव पोखरेलले सहर र गाउँलाई दसैँले जोडेको समेत उल्लेख गरे ।

एक पृथक प्रसङ्गमा महासचिव पोखरेलले देशमा धेरै राजनीतिक दल आवश्यक नभएका भन्दै राष्ट्रले आर्थिक उन्नतिको बाटोमा डोर्याउने सबल राजनीति दल खोजेको बताए ।

प्रतिक्रिया दिनुहोस्