Logo
Logo

मौसम समान्यतया सफा रहने


630
Shares

काठमाडौं । आज देशको पहाडी भू–भागमा आँशिक वदली रहेपनि बाँकी भू–भागमा मौसम सफा सफा रहने जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालको पश्चिमी वायुको आंशिक प्रभाव रहेको भएपनि सामान्यतया मौसम सफा रहने छ ।

वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागका एक÷दुई स्थानमा मेघ जर्गनसहित हल्का वर्षाको सम्भावना छ ।

उनका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्