Logo
Logo

भक्तपुरमा राँगो दौडाउने जात्रा मनाइँदै


1.8k
Shares

भक्तपुर । महानवमीको अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा साँस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज मनाइँदैछ ।

धार्मिक, साँस्कृतिक, र ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने खःमेय्लाई महिषासुर दैत्यको प्रतीकका रुपमा मानी खःमेय् जात्रा मनाइने परम्परा छ । महिषासुरको प्रतीक मानिएको खःमेय् जात्रा विजयादशमीको एक महत्वपूर्ण जात्राका रुपमा लिने गरिन्छ ।

महानवमीको दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रुपमा पूर्ण हुनेहुँदा त्यसरुपमा महिषासुर बध गर्ने प्रचलित धार्मिक लोक मान्यताअनुरुप यस दिन खःमेय्लाई बलिपुजा गरी जात्रा मनाउँदै आएको इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताए ।

फाइल फोटो

नवदुर्गा द्योःछें (देवगृह)मा राखिएका खःमेय्लाई जाँडको कट खुवाएर, जिऊभरी सिन्दुर र तेल लगाई लठ्ठ पारी तान्त्रिक विधिअनुरुप पुजाआजा गरी नवदुर्गा द्योःछेवाट बाहिर निकाली दौडाएर व्रम्हायणी पीठसम्म पु¥याइन्छ ।

नवदुर्गा भवानीलाई चढाइने खःमेय्को टाउकोमा दुई चक्करसहित शरीरमा सातवटा चक्र भएको, निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ अगाडि फर्केको, कानमा कुनै खोट नभएको, शरीरभरी कुनै घाउचोट नलागेको, कम्तिमा पनि एकसय धारनी तौल भएको मोटोघाटो चाहिन्छ ।

खःमेय्को स–साना मासुका टुक्रा प्रसादका रुपमा घरलगी सुकुटी वनाई, धुलो पारेर ध्यूमा मुछी धुप बनाइन्छ । उक्त धुप लक्ष्मीपुजाको दिनमा बाल्ने चलन रहेको छ । त्यस दिन धुप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नाशहुने र लक्ष्मीले बास गर्ने धार्मिक विश्व

प्रतिक्रिया दिनुहोस्