काठमाडौं, २० माघ ।
जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्ध पाँच वटा भ्रष्टाचार मुद्दा दायर भएको छ । पाँच जनासँग ६ लाख ५२ हजार ६ सय रुपैयाँ घुस लिएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

आफ्नो कार्यक्षेत्रभित्रका बिभिन्न मुद्दाका सेवाग्राहीसँग घुसररिसवत लिएको, अनुगमनको भ्रमण भत्ता अनियमित तरिकाले लिएको भन्ने व्यहोराको उजुरीउपर अनुसन्धान हुँदा आफ्नो कार्यक्षेत्रभित्रका बिभिन्न मुद्दा सम्बन्धी केश लाग्छ तथा कारागारको डरत्राससमेत देखाई गालीगलौज गरी मोलाहिजारबार्गे्निङ गरी फरक(फरक सेवाग्राहीसँग पटक(पटक गरी रु. ५०,०००।–, रु. ९०,०००।(, रु. ३५,०००।–, रु.४,००,०००।– लिएको तथा भ्रमण खर्च नियमावली २०६४ बमोजिम भ्रमण अभिलेख खातामा दर्ता नगरीरखाता नै खडा नगरी कतिपय भ्रमण आदेश र दैनिक तथा भ्रमण खर्चको बिलमा स्वीकृत गर्ने पदाधिकारीको दस्तखतसमेत नगरी तथा अनुगमन गएको भनी भ्रमण भत्तासमेत बुझेका दिनहरुमा अनुगमनमा नै नगई कार्यालयमै बसी आफैले सुरक्षा समितिको बैठक राखी उपस्थित भई हस्ताक्षरसमेत गरी अनियमित तरिकाले रु. ७७,६००।–लिएको रकमसमेत लिएको खुलेपछि मुद्दा दायर भएको हो । उनी एक महिनादेखि आयोगको हिरासतमा थिए । रिजाल पहिला अख्तियारमा सहायक प्रवक्ता भएर काम गरेका अधिकारी हुन् ।











