Logo
Logo

कृष्ण पहाडीसहित डेढ दर्जन मानवअधिकारकर्मी पक्राउ


8.4k
Shares

काठमाडौं । फागुन १ गते जनयुद्ध दिवसका नाममा बिदा दिने निर्णय खारेजीलगायतका माग राखेर प्रदर्शनमा उत्रिएका एक दर्जन बढी मानवअधिकारकर्मी पक्राउ परेका छन्। नयाँ बानेश्वरमा आज विरोध प्रदर्शनको क्रममा सुरक्षा घेरा तोडेर संसद भवन अगाडी जान खोजेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, पूर्व अध्यक्ष उत्तम पुडासैनी, वर्तमान केन्द्रीय अध्यक्ष रामकृष्ण बराललगायत छन् । उनीहरुलाई संघीय संसद भवनको पश्चिम गेटबाट पक्राउ गरिएको हो।

उनीहरूले विस्तृत शान्ति सम्झौताको मर्म अनुरूप पीडितलाई न्याय दिनुपर्ने, पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने, संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी विधेयक मानव अधिकारमैत्री बनाउने लगायतका माग राख्दै प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्