Logo
Logo

परराष्ट्रमन्त्री र अमेरिकी बिदेशीमन्त्रीबिच भेटवार्ता


630
Shares

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनबिच भेटवार्ता भएको छ ।

अमेरिकाको संघीय राजधानी वासिङ्टन डिसीमा भएको सो भेटमा दुवैले नेपाल–अमेरिकाबीचको जारी साझेदारीका बारेमा बिस्तृत छलफल गरेका छन् ।

सो भेटमा अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट परियोजनाका विषयमा पनि छलफल भएको जनाइएको छ ।

नेपालको पूर्वाधार निर्माण, बिजुलीमा पहुँच र विस्तार तथा सीमापार विद्युत् व्यापारलाई समर्थन गर्दै सहयोग गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी प्रतिबद्धता जनाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्