Logo
Logo

भ्रमण सकेर फर्किए महासचिव गुटेरेस (तस्वीरहरू)


504
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस स्वदेश फर्किएका छन् । शनिबार राति नेपालआइपुगेका महासचिव गुटेरेस चार दिने नेपाल भ्रमण सकेर बुधबार बिहान कतार एयरवेजको विमानबाट दोहा प्रस्थान गरेका हुन् ।

उनलाई बिदाइ गर्न रक्षामन्त्री पूर्णबहादुर खड्का लगगायत विमानस्थल पुगेका थिए । उनको बिदाइमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । नेपाल भ्रमणका क्रममा महासचिव गुटरेसले उच्चस्तरीय भेटवार्ता गर्नुका साथै नेपालमा जलवायु परिवर्तनले असर गर्ने ठाउँहरुको अवलोकन गरेका थिए ।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, सभामुख देवराज घिमिरे, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्