Logo
Logo

एमालेको चियापानमा माधव नजाने, झलनाथ जाने


2.8k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एमालेले आयोजना गरेको चियापानमा नजाने भएका छन् ।

एमालेले आज सवा १२ बजेबाट दसैँ–तिहारको अवसरमा आयोजना गरेको चियापानमा एकीकृत समाजवादीका प्रमुख नेताहरूलाई पनि निम्तो गरेको थियो । तर, नेकपा एसका अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसाल एमालेको चियापनमा नजाने भएका हुन् ।

यता सम्मानित नेता झलनाथ खनाल भने ओलीको निम्तो स्वीकार्दै च्यासल जाने तयारीमा छन् । उनी साढे दुई बजे चियापानमा पुग्ने खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्