Logo
Logo

लागूऔषध कारोबारीले प्रहरीलाई नै पेस्तोल ताकेपछि…


3.8k
Shares

काठमाडौं । काठमाडौंको गोठाटारमा लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलाएको छ ।

बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो ।

लागूऔषध कारोबारी झापाका अर्घ लिम्बु र भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई हतियारसहित पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

प्रहरीको गोली लागेर भारतीय नागरिक मोहम्मद घाइते भएका छन् । लागूऔषध कारोबारी उनीहरुलाई पक्राउ गर्न खोज्दा प्रहरीलाई नै पेस्तोल ताकेपछि गोली चलाउनु परेको उपरीक्षक रेग्मीले जनाएका छन् । आत्मसुरक्षाका लागि गोली चलाउनुपरेको उनको भनाइ छ ।

गोली लागेका मोहम्मदको गोठाटारस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उनको साथबाट एक थान पेस्तोल र २ सय ग्राम खैरो हेरोइनसहित तराजु बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्