काठमाडौं । बाँके प्रहरीसमक्ष आत्मसमर्पण गरेका योगराज ढकाल (रिगल)ले न्यायलयको सम्मान गरेको बताएका छन् ।
आत्मसमर्पण गर्नुपूर्व सञ्चारकर्मीहरूसँग कुरा गर्दै रिगलले न्यायलयको उच्च सम्मान गर्दै आत्मसमर्पण गरेको बताएका छन्।

उनले भने, ‘यसको पछाडि पूरै राजनीतिक चलखेल छ । प्रतिशोध हो । केही मान्छेहरूले मलाई व्यक्तिगत रिसइबी राखेर राजनीतिक प्रतिशोधले गर्दा फेरि पनि मलाई फसाइयो ।’
उनले आफूमाथि षड्यन्त्र भएको पनि बताएका छन् । उनले भनेका छन् ‘मैले कैद कट्टा गरेर आउँदा पनि फेरि मैमाथि न्यायलय उल्टिनु षड्यन्त्रको खेल हो । तैपनि म यसको सम्मान गरेर आफूलाई आत्मसमर्पण गर्छु र न्यायालयमाथि पुन पनि विश्वास र आस्था राख्दै आत्मसमर्पण गर्दछु ।’














