
काठमाडौं । आईसीसी टी–२० एसिया छनोट अन्तर्गत युएई विरुद्धको सेमिफाइनल खेलमा नेपालले तेस्रो विकेट लिएको छ ।
मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गरिरहेको छ । सो क्रममा नेपालले तेस्रो विकेट लिएको हो ।
तेस्रो सफलताको रुपमा सन्दिप लामिछानेले विकेट लिएका छन् । सन्दीप लामिछानेको बलमा युएईका आसिफ खान आउट भएका छन् ।
यसअघि, सोमपाल कामीको बलमा मोहम्मद वसिम र खालिद शाह आउट भएका थिए ।
हालसम्म युएईले १० ओभर खर्च गर्दै ६२ रन जोडेको छ ।














