Logo
Logo

युएईविरुद्ध नेपाललाई पाँचौं सफलता, क्याप्टेन रोहित पौडेलले लिए विकेट


945
Shares

काठमाडौं । आईसीसी टी–२० एसिया छनोट अन्तर्गत युएई विरुद्धको सेमिफाइनल खेलमा नेपालले पाँचौं विकेट लिएको छ ।

मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गरिरहेको छ । सो क्रममा नेपालले पाँचौंैविकेट लिएको हो ।

पाँचौं सफलताको रुपमा क्याप्टेन रोहित पौडेलले विकेट लिएका छन् । रोहितको बलमा युएईका अली नसीर आउट भएका छन् ।

यसअघि, सोमपाल कामीको बलमा मोहम्मद वसिम र खालिद शाह आउट भएका थिए । त्यसैगरी, सन्दीप लामिछानेको बलमा आसिफ खान र कुशल मल्लको बलमा अलीशान शराफू आउट भएका थिए ।

हालसम्म युएईले १७.४ ओभर खर्च गर्दै १०० रन जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्