
काठमाडौं । आईसीसी टी–२० एसिया छनोट अन्तर्गत युएई विरुद्धको सेमिफाइनल खेलमा नेपालले आठौं विकेट लिएको छ ।
मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गरिरहेको छ । सो क्रममा नेपालले आठौं विकेट लिएको हो ।
आठौं सफलताको रुपमा कुशल मल्लको बलमा नेपालले अर्को विकेट लिएको हो । कुशलको बलमा युएईका आयान खान आउट भएका छन् ।
यसअघि, सोमपाल कामीको बलमा मोहम्मद वसिम र खालिद शाह आउट भएका थिए । त्यसैगरी, सन्दीप लामिछानेको बलमा आसिफ खान र कुशल मल्लको बलमा अलीशान शराफू आउट भएका थिए । त्यसैगरी, रोहित पौडेलको बलमा युएईका अली नसीर आउट भएका छन् । त्यसैगरी, सन्दीप लामिछानेको बलमा बासिल हमिद आउट भएका थिए । यसअघि कुशलकै बलमा वृत्य अरविन्द आउट भएका थिए ।
हालसम्म युएईले १९.४ ओभर खर्च गर्दै १३० रन जोडेको छ ।














