Logo
Logo

जितका लागि नेपालले पायो १३५ रनको लक्ष्य


693
Shares

काठमाडौं । आइसीसी टी–२० विश्वकप छनोटका लागि युएईसँगको खेलमा जितका लागि नेपालले १३५ रनको लक्ष्य पाएको छ ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो ।

युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४, कप्तान मोहम्मद वासिमले २६ रन बनाए । नेपालका कुशल मल्लले ४, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १–१ विकेट लिए ।

आजको खेल जित्ने टोली आगामी वर्ष अमेरिका र वेष्टइण्डिजमा आयोजना हुने विश्वकपमा छनोट हुने छ ।

प्रतिक्रिया दिनुहोस्