Logo
Logo

भवन निर्माणमा सहयोग गर्न नेताहरुलाई जसपाको आग्रह


504
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यालयको भवन निर्माणका लागि पार्टी सदस्यहरूलाई सहयोग गर्न आग्रह गरेको छ ।

ललितपुरको रानीबुमा रहेको आफ्नो जग्गामा कार्यालय भवन बनाउने निर्णय गरिसकेको जसपाले पार्टीका सदस्यहरूको नाममा परिपत्र जारी गर्दै भवन निर्माणका लागि सहयोग गर्न आग्रह गरेको हो ।

पार्टीका कार्यकारिणी सदस्य एवं पूर्व मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा भवन निर्माण समिति समेत गठन भएको छ ।

केन्द्रीय कार्यालय निर्माण सम्बन्धी भौतिक, आर्थिक र व्यवस्थापनलगायत आवश्यक पर्ने सम्पूर्ण कार्यहरू गरी निर्माण कार्य सम्पन्न गर्ने गरी भवन निर्माण समितिलाई जिम्मेवारी दिइएको छ ।

यसअघि तत्कालीन सङ्घीय समाजवादी फोरम, नेपालले वरिष्ठ नेता अशोककुमार राईको संयोजकत्वमा भवन निर्माण समिति गठन गरेको थियो । सो समितिले भवनको नक्सा पास, माटोको परीक्षणलगायतका कार्य गरेर राउतलाई जिम्मेवारी हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्