Logo
Logo

न्यायलयको सम्मानमा सर्वोच्चको सिँढी ढोगेँ : भारती


441
Shares

काठमाडौं । रिगलको आममाफीविरुद्धको रिट निवेदक भारती शेर्पाले सर्वोच्चको फैसलाले आफूलाई थप साहस दिएको बताएकी छन् । रिगल भनिने योगराज ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएपछि शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सिंगो राज्य हत्याराको पक्षमा लाग्दा पनि आफूले न्याय पाएको भन्दै अदालतलाई धन्यवाद दिइन् ।

फैसलापछि आफूले न्यायाधीशहरुप्रति शब्दमा धन्यवाद पनि व्यक्त गर्न नसकेर न्यायलयको सम्मानमा सर्वोच्चको सिँढीमा ढोगेको उनले बताइन् । सरकारका कुर्सीहरु बिकिसकेकाले न्यायाधीशको कुर्सी पनि बिक्छ भन्ने आफ्नो धारणा फैसलाले गलत सावित गरिदिएको उनको भनाइ छ । उनले सरकारजस्तै न्यायलय पनि बिकेको छ कि भनेर आफ्नो विश्वास डग्मगाइरहेको अवस्थामा त्यो गलत साबित भएको जिकिर गरिन् ।

उनले अन्यायमा परेका आम पीडितहरुलाई न्यायका लागि लड्नसमेत आह्वान गरिन् । नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको रिगललाई सरकारले आममाफी दिएको थियो । रिगलको आममाफीविरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्चमा रिट निवेदन दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्