Logo
Logo

वीर र सशस्त्र प्रहरी अस्पतालका १४ जना स्वास्थ्यकर्मी टाेली भुकम्प प्रभावित क्षेत्रतर्फ


756
Shares

काठमाडौं । वीर अस्पताल र सशस्त्र प्रहरी बलको अस्पतालबाट १४ जना स्वास्थ्यकर्मीको टोली पश्चिम रुकुम र जाजरकोटतर्फ गएको छ ।

सशस्त्र प्रहरी बलको अस्पतालबाट ८ जना र वीर अस्पतालबाट ६ जना गरेर १४ जना स्वास्थ्यकर्मीको टोली नेपाली सेनाको स्काई ट्रकमार्फत त्यसतर्फ प्रस्थान गरेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए ।

गएराति जाजकोट केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भुकम्पबाट सयौं मानिस प्रभाििवत भएकाले उद्धार र उपचारका लागि स्वाथ्यकर्मीको टोली आज बिहानै त्यसतर्फ प्रस्थान गरेको हो । गएराति ११ बजेर ४७ मिनेटमा ६ दशमलव ४ रेक्टर स्केलको भुकम्पबाट १२८ जनाको ज्यान गइसकेको छ भने सयौँ घाइते भएका छन् ।

सेनाको हेलिकोप्टरमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोली पनि भुकम्प ग्रस्त क्षेत्र जाजरकोट पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्