Logo
Logo

आफू चढेको हेलिकप्टर उद्धारमा छोडेर नियमित जहाजमा फर्कँदै प्रधानमन्त्री


1.3k
Shares

काठमाडौं । भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिम निरीक्षण गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियमित जहाजबाट काठमाडौं फर्कने भएका छन् ।

शनिवार बिहानै सेनाको हेलिकप्टरबाट जाजरकोट ओर्लेका प्रधानमन्त्री त्यस क्षेत्रका भूकम्प प्रभावितहरूसँग भेटघाट गरेर रुकुम पश्चिम पुगेका थिए । प्रधानमन्त्री प्रचण्डले आफू सवार हेलिकप्टरबाट ७ जना घाइतेको उद्धार गरी उपचारका लागि सुर्खेतसम्म पुर्‍याएका थिए ।

जाजरकोट र रुकुमको निरीक्षणपछि प्रधानमन्त्री आजै काठमाडौं फर्कँदै छन् । आफू गएको नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि छोडेर प्रधानमन्त्री दिउँसो नियमित जहाजबाट २ः३० बजे नेपालगन्जबाट काठमाडौं फर्कन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्